आज आठौँ चुरे दिवस : एकै दिन एक लाख बोट बिरुवा रोपिँदै

काठमाडौँ । आज आठौँ चुरे दिवस । नेपालमा चुरे संरक्षणका लागि राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति छ । जस अन्तर्गत चुरे संरक्षणका कार्यक्रम हुन्छन् ।

दिवसका अवसरमा आज समितिले रुख र फलफूल प्रजातिका कम्तीमा एक लाख बोटबिरुवा रोप्ने भएको छ । 

असार महिना वृक्षारोपण महिनाको रूपमा मनाउँदै महिनाभर कम्तीमा पाँच लाख वृक्षारोपणको लक्ष्य लिइएको चुरे संरक्षण विकास समितिका अध्यक्ष किरण पौडेलले जानकारी दिनुभयो ।

उहाँका  अनुसार आगामी पाँच वर्षमा कम्तीमा एक करोड बाँकस, अम्रिसो जस्ता प्रजाति र एक करोड रुख, फलफूल प्रजाति रोप्ने लक्ष्य छ । 

 

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ८ : ०३ बजे