डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

संसद् बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री र अर्थमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सङ्घीय संसद्मा सम्बोधन गर्नुहुने भएको छ ।

रक्षा मन्त्रीको जिम्मेवारी समेत सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित बजेटमाथि सांसदहरूले उठाउनुभएका प्रश्नको जवाफ दिनुहुने भएको हो।

सरकारले जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गरेको थियो । बजेटमाथिको छलफल सकिएपछि मन्त्रीहरूले जवाफ दिइरहनुभएको छ । 

आज नै अर्थमन्त्री जनार्दन शर्माले पनि संसद्मा जवाफ दिनुहुने कार्यसूची रहेको छ ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ः०० बजे बस्दै छ ।

आज त्यसबाहेक राष्ट्रिय योजना आयोग, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयको तर्फबाट बजेटका सन्दर्भमा उठेका विषयमा जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। 

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ७ : २२ बजे