दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ सहित नागढुङ्गाबाट एक व्यक्ति पक्राउ

काठमाडौँ । लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ सहित एक व्यक्ति पक्राउ परेका छन् ।

प्रहरी विभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले आज काँकडभिट्टाबाट काठमाडौँ तर्फ आउँदै गरेको बा.प्र.०३००१ ख २३१४  नम्बरको सार्वजनिक यात्रु बाहक बसलाई चेक जाँच गर्दा उक्त बसमा यात्रा गरी आएका पूर्ण बहादुर विश्वकर्मालाई पक्राउ गरेको हो । 

लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ ३६ ग्राम सहित झापा शिवताक्षी नगपालिका वडा नं.११ घर भएका ३२ बर्सिया विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो । 
 

निज प्रतिवादी उपर लागु औषध नियन्त्रण ऐन, २०३३ को कसुरमा प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भई रहेको छ । 

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ४ : ५६ बजे