घोप्टेभिरमा पहिरो : पृथ्वीराजमार्ग अवरुद्ध

मुग्लिन । वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध  भएको छ ।   चितवनको  इच्छाकामना–४  घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग  दुईतर्फी अवरुद्ध भएको हो ।    

अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको  जिल्ला  प्रहरी कार्यालय चितवनले  जनाएको छ । वर्षा लागेसँगै उक्त स्थानमा पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।  
 

प्रकाशित मिति : १ असार २०७९, बुधबार  २ : ५३ बजे