स्वास्थ्यराज्यमन्त्री वली बेहोस अवस्थामा प्रादेशिक अस्पतालमा भर्ना

काठमाडौँ। लुम्बिनी प्रदेशकी स्वास्थ्यराज्यमन्त्री विमला खत्री वली बेहोस अवस्थामा अस्पतालमा भर्ना हुनुभएको छ । 

हिजो राति दाङबाट बुटवलमा आउनुभएकी उहाँलाई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । 

बेहोस अवस्थामा आउनु भएको वलीलाई अस्पतालमा भर्ना गरिएको डा.इन्द्र ढकालले जानकारी दिनुभयो ।

हिजो बिहान दाङस्थित एकराज बस्नेतको घरमा उहाँकी श्रीमती र छोरीमाथि कुटपिट गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहनुभएकोमा राति अबेर मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा बुटवलमा ल्याइएको थियो ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  २ : १२ बजे