ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ फुलवारी टोलमा जंगली च्याउँ खाँदा दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना बिरामी भएका छन् ।
जंगली च्याउ खाँदा मृत्यु हुनेमा चम्पादेवी गाउँपालिका–७ फुलवारी टोल बस्ने ९३ वर्षीया मनमाया बिष्ट र २४ वर्षीया ढक कुमारी बिष्ट रहनुभएको छ ।
आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खानुभएका मनमाया बिष्ट, ढक कुमारी समेत एकै परिवारका ४ जना जेठ २८ गते बिरामी हुनुभएको थियो । त्यसपछि उहाँहरुलाई उपचारको लागि मिसन अस्पताल ओखलढुङगा पठाइएको थियो ।
उपचारको क्रममा ढक कुमारीको सोही अस्पतालमा र मनमाया बिष्टको काठमाडौं शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य दुई जनाको काठमाडौं शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : १ असार २०७९, बुधबार १२ : ४४ बजे
प्रतिक्रिया