दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

आइसिसी विश्वकप लिग–२ : नेपालले ओमानलाई सात विकेटले हरायो

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा जारी त्रिदेशीय शृङ्खलामा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको छ ।

मङ्गलवार राति टेक्ससस्थित मोसा क्रिकेट मैदानमा ओमानले दिएको १६४ रनको लक्ष्य नेपालले ३३ ओभर १ बलमा मात्र तीन विकेट गुमाएर पूरा गर्‍यो । 

नेपालको जितमा ओपनर द्वय आसिफ शेख र कुशल भुर्तेलले ११४ रनको पार्टनरसिप खेले । आसिफले ६२ रन बनाए  भने कुशल ५६ रनको योगदान गरे । 

यस्तै, देव खनाल १०, रोहित पौडेल २६, रन बनाएर आउट भए । ओमानका फायज बुटले २ विकेट लिए ।  यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४६ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १६३ रनको लक्ष्य नेपाललाई प्रस्तुत गरेको थियो । ।

ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ५२ रन बनाए । यस्तै, सन्दीप गौडले ४७ रनको योगदान गरे । ओमानलाई सस्तैमा समेट्न करण केसीले ५ र कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए । 

जितसँगै नेपालले १५ खेलमा १५ अङ्क जोडेर पाँचौँ स्थानमा छ । ओमान ३६ खेलमा ४४ अङ्क जोडेर शीर्ष स्थानमा यथावत् छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ८ : ४७ बजे