माथिल्लो मनाङमा हिमपात

सात वटै प्रदेश सरकारले आज बजेट ल्याउँदै

काठमाडौँ । मुलुकका सात वटै प्रदेश सरकारले आर्थिक वर्ष ०७९/०८० को बजेट आज सार्वजनिक गर्दै छन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले आज वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् ।

संविधानतः सङ्घ सरकारले १५ जेठमा बजेट घोषणा गरेपछि प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्न लागेका हुन् । सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन् ।  

प्रदेश सरकारले आ–आफ्नो प्रदेशअनुरूप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन् । खासगरी कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना सबैजसोको प्राथमिकतामा छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

सङ्घको बजेटले तोकेको सिलिङका आधारमा प्रदेश सरकारले बजेट ल्याउँदै छन् । सात वटै प्रदेश सरकारको चालु आवको बजेट २ खर्ब ६१ अर्ब रहेको छ । 

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ८ : २९ बजे