दाङ ।अरुको घरमा गई, अर्काको श्रीमानलाई मेरो पाई भन्दै झगडा गर्ने स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्रीलाई प्रहरी नियन्त्रणबाट मुक्त गर्न मुख्यमन्त्री कुलबहादुर केसीले दबाब दिएका छन् ।
मुख्यमन्त्री केसीले प्रजिअ हिरालाल रेग्मी र एसपी सुरेश काफ्लेलाई फोन गरि रान्यमनत्री खत्रीलाई छाड्न दवाव दिएका हुन् ।
राज्यमन्त्री वलीलाई बुटवल पठाउन मुख्यमन्त्रीको दबाब आए पनि एसपी काफ्लेले भने दबाब अस्वीकार गरेका छन् ।
भिआइपी आरोपितलाई प्रहरी निगरानीमा राख्नुपर्ने भन्दै उनले मुख्यमन्त्रीको दबाब अस्वीकार गरेका हुन् ।विमलालाई अहिले सुरक्षाको कारण देखाउँदै जिप्रका मै राखिएको छ ।
वलीले मंगलबार बिहान दाङको तुल्सीपुर उपमहानगरपालिका –५ का एकराज बस्नेतको घरमा गई बस्नेतकी श्रीमती मीना र नाबालक छोरीमाथि हातपात र दुव्र्यबहार गर्दै एकराजलाई आफ्नो पोइ भएको बताएकी थिइन् ।
प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार ६ : ०३ बजे
प्रतिक्रिया