डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

सगरमाथा शिखरमा पुटिनविरुद्ध झण्डा प्रदर्शन गर्न दिनु महागलत : बास्कोटा 

काठमाडौं । सगरमाथा शिखरमा रुस–युक्रेन युद्धको विरोधमा गरिएको झण्डा प्रदर्शनलाई लिएर पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले आपत्ति जनाउनुभएको छ ।  युक्रेनमाथि रुसी हमला गलत भए पनि नेपाली भूमिमा पुटिनविरुद्ध प्लेकार्ड प्रदर्शन गर्न दिनु महागलत भएको उहाँको टिप्पणी छ ।एक रुसी पर्वतारोही सगरमाथाको शिखर पुगि रुस विरुद्घ प्रदर्शन गरेकी थिइन् । 

बास्कोटाले यसै विषयमा ट्वीट गर्दै देउवाले कुनै शक्ति राष्ट्रको गुडबुकमा पर्न र सत्ता प्राप्तिको तुच्छ स्वार्थका लाथि मुलुकलाई विदेशीको प्लेग्राउन्ड बनाउन नहुने बताउनुभएको छ । ‘कुनै शक्ति राष्ट्रको गुडबुकमा पर्नकै लागि प्रम देउवाले देशलाई विदेशीको प्लेग्राउन्ड बनाउन पाउँदैन । सत्ता प्राप्तिको तुच्छ स्वार्थभन्दा देश धेरै माथि छ ।’ उहाँले लेख्नुभएको छ । 

रसियन पर्वतारोही तथा ब्लगर कात्या लिप्काले सगरमाथाको टुप्पोमा भ्लादिमिर पुटिनको युक्रेनविरुद्ध छेडेको युद्ध रोक्न सन्देश दिँदै युक्रेनको झण्डा प्रदर्शन गरेकी थिइन् । उक्त तस्वीर उनले गत शुक्रबार इन्स्टाग्राममा राखेपछि विश्वव्यापी चर्चा भइरहेको छ । लिप्काले गत २४ मेमा सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ५ : १८ बजे