बुटवल – रुपन्देहीको तिलोत्तमामा एक महिलाको शंकास्पद शव फेला परेको छ ।
तिलोत्तमा नगरपालिका ६ सेमरीचोककी २५ वर्षीया सुविना गिरी आफ्नै होटलमा झुण्डिएको अवस्थामा सोमबार राति करीब १ बजे फेला परेको हो ।
उनलाई राति २ बजे क्रिमसन अस्पताल मणग्राममा पुर्याइएको भए पनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
मृतकका मामा अमृत गिरीले सुविना झुण्डिएको भनिए पनि माइती पक्ष र आफन्त कसैले नदेखेकाले शंकास्पद रहेको बताउनु भयो ।
मृतकको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताउनु भयो । मृतकका २ जना नाबालक छोराछोरी छन् ।
प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार ४ : ०१ बजे
प्रतिक्रिया