माथिल्लो मनाङमा हिमपात

अब जग्गा धितो राखेर ऋण लिन नपाउने

काठमाडौँ – बैंक तथा वित्तीय संस्थाबाट जग्गा धितो राखेर ऋण लिने व्यवस्था बन्द भएको छ ।

वर्गीकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण लिने व्यवस्था बन्द भएको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले चार किल्ला खुलाई कृषि क्षेत्र नतोकेसम्म जग्गाको कारोबार नगर्न राष्ट्रिय भूमि आयोग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै उक्त निर्देशन दिएको छ।

मन्त्रालयको निर्देशनमा भनिएको छ, ‘खेती योग्य जग्गा वा गैर कृषि क्षेत्र निर्धारण गर्ने प्रयोजनका लागि स्थानीय भूउपयोग परिषदले भूउपयोग ऐन २०७६ र भूउपयोग नियमावली २०७९ ले तोकेको मापदण्डका आधारमा कृषि क्षेत्र र गैर कृषि क्षेत्र वर्गीकरण गर्नेपर्ने छ ।’

सोमबार र मंगलबार मालपोत कार्यालयले मन्त्रालयको निर्देशन भन्दै जग्गा रोक्का गर्न नमानेको बैंकहरुले जनाएका छन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  २ : ३९ बजे