‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

तनहुँमा दुई पालिका जोड्ने झेलुङ्गे पुल निर्माण

तनहुँ  । तनहुँको व्यास नगरपालिका–७ र म्याग्दे गाउँपालिका–६ जोड्ने साँघेखेलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । नेपाल सरकार र म्याग्दे गाउँपालिकाको कूल रु ४३ लाख १० हजार ६१ को लागतमा उक्त पुल निर्माण गरिएको  हो ।

नेपाल सरकारको ८५ प्रतिशत र म्याग्दे गाउँपालिकाको आन्तरिक स्रोतबाट १५ प्रतिशत बजेट विनियोजन भएसँगै निर्माण थालिएको खोला लामेरह पानी घट्टा झोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष रेखबहादुर थापाले जानकारी दिनुभयो ।  

विसं ०७८ चैत १३ गते सुरु गरी विसं ०७९ असार १५ भित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएकामा निर्माण कार्य अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । सठसठ्ठी मिटर लामो पुल निर्माणपछि दुई पालिकाका करिब पाँचसय मानिसहरु प्रत्यक्ष लाभान्वित हुने गैरसरकारी संस्था समन्वय समिति जिल्ला शाखाका झोलुङ्गे पुल कार्यक्रम संयोजक राजेश्वर हड्खलेले जानकारी दिनुभयो ।

गैरसरकारी संस्था समन्वय समितिले पुल निर्माणका लागि परामर्श र प्राविधिक सहयोगको भूमिका निर्वाह गर्दै आएको उहाँले बताउनुभयो । उक्त स्थानमा पुल नहुँदा बर्सेनि मानवीय क्षतिसमेत हुँदै आएकाले  विगत लामो समयदेखि पुल निर्माणका लागि स्थानीयवासीले माग गर्दै आएका थिए । पुल निर्माणपश्चात् म्याग्दे गाउँपालिका–६ सर्वालाङ्गका बासिन्दाले एक घण्टा हिँड्नुपर्नेमा बाध्यता अन्त्य हुनाका साथै छोटो दूरीमा आवतजावत गर्न पाउने भएका छन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  १२ : ५२ बजे