अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं – अमेरिकी डलरको भाउ अहिलेसम्मकै उचाइमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको विनिमय दर १२५.१६ नेपाली रुपैयाँ पुगेको छ । यो दर सोमबार १२४.२४ रुपैयाँ थियो । एक महिनादेखि १२४ रुपैयाँमाथि रहेको डलरको भाउ मंगलबार पहिलो पटक १२५ रुपैयाँमा उक्लिएको हो । 

युरोपियन युरोमा भने सामान्य गिरावट आएको छ । युरो १३० रुपैयाँ ९५ पैसा रहेको छ । 

अष्ट्रेलियन डलरमा पनि सामान्य गिरावट आएको छ । अष्ट्रेलियन डलर ८७ रुपैयाँ २१ पैसा रहेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  १० : ४९ बजे