आज वर्षाको सम्भावना

मल ल्याउन नसकेका मन्त्रीहरुलाई कारबाही हुनुपर्छ : महेश बस्नेत

काठमाडौं- नेकपा एमालेका सांसद महेश बस्नेतले मल ल्याउन नसकेका मन्त्रीहरुलाई कारबाहीको माग गर्नु भएको छ ।

प्रतिनिधिसभामा आज मल अभाव सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले भन्नुभयो, ‘मल ल्याउन नसकेका मन्त्रीहरुलाई कारबाही हुनुपर्छ ।’

 सांसद बस्नेतले भन्नुभयो – '६० प्रतिशत किसान भएको मुलुक नेपालमा कृषि बाटै ८ प्रतिशत आर्थिक वृद्धि गर्ने भनिरहेका छौं तर, किसानले मल पाइरहेका छैनन् ।’

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  २ : ४२ बजे