डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

मलको विषयमा छलफल गर्न संसद्‌मा स्थगनको प्रस्ताव प्रस्तुत, छलफल जारी

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा प्रस्तुत स्थगन प्रस्तावमाथि छलफल भइरहेको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मलको विषयमा छलफल गर्न भन्दै प्रस्तुत गरेको स्थगन प्रस्तावमाथि छलफल भइरहेको छ । 

एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ सांसदले संसद्मा जारी बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्नुपर्‍यो भन्दै आइतबार दर्ता गराएको स्थगनको प्रस्ताव आज बैठकमा प्रस्तुत गरेर छलफल थालिएको हो । 

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  १२ : १० बजे