हेटौँडा । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डङ्गोलले मानव सेवा आश्रमको मुख्य कार्यालय, हेटौँडाको अवलोकन गर्नुभएको छ ।
आज भोलि बागमती प्रदेश सरकारले प्रदेशभित्र रहेका सम्पूर्ण स्थानीय तहहरूका प्रमुख र उप प्रमुखहरूलाई स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रममा हेटौँडा जानुभएको समयमा प्रमुख शाह र उप प्रमुख डङ्गोलले संयुक्त रूपमा आश्रमको अवलोकन गर्नुभएको हो ।
अवलोकनका क्रममा मानव सेवा आश्रमका प्रमुख संस्थापक र केन्द्रीय अध्यक्ष रामजी अधिकारीले संस्थाले हालसम्म देशभरमा गरिरहेको कार्य, काठमाडौँ महानगरपालिकालाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त निर्माणका लागि गरिएका प्रयासहरू र आगामी योजनाहरूमा बारेमा जानकारी गराउनुभएको थियो ।
प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार १० : १८ बजे
प्रतिक्रिया