डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

एमाले सचिवालय बैठक बस्दै 

काठमाडौँ । नेकपा एमाले सचिवालय बैठक आज बस्ने भएको छ  । 

स्थानीय निर्वाचनको समीक्षा, जनप्रतिनिधिलाई असार २ र ३ मा प्रशिक्षण दिने, विभागहरूलाई पूर्णता दिनेलगायत समसामयिक विषयमा छलफल गर्न आज दिउँसो १ः०० बजे पार्टी कार्यालय च्यासलमा एमाले सचिवालयको बैठक बस्न लागेको हो ।

आइतबार बसेको केन्द्रीय कार्यालय बैठकले आज बस्ने सचिवालय बैठकका लागि एजेन्डा तय गरेको थियो। केन्द्रीय कार्यालय बैठकले जनप्रतिनिधिलाई असार २ र ३ मा प्रशिक्षण दिने, विभागहरूलाई पूर्णता दिने र समसामयिक विषयमा छलफल गर्ने गरी एजेन्डा तय गरेको थियो ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ७ : ४३ बजे