माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

सुनको मूल्य बढ्यो

काठमाडौँ ।  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला रु एक हजार ५०० ले बढेर रु ९९ हजार २०० पुगेको छ । 

पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ७०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार २०० थियो ।     

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार २८० पुगेको महासङ्घले जनाएको छ । 
 

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ३ : ०२ बजे