आज वर्षाको सम्भावना

गाँजा खेतीबाट राज्यको १६ खर्ब ऋण दुई वर्षमा तिर्न सकिने: शेरबहादुर तामाङ

काठमाडौं – नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गाँजा खेतीबाट १६ खर्ब ऋण तिर्न सकिने बताउनुभएको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद तामाङले गाँजा खेतीबाट नेपालको पूर्वाधार विकास र राज्यको १६ खर्ब ऋण एक दुई वर्षमा तिर्न सकिने दाबी गर्नुभएको हो  ।

सांसद तामाङले  गाँजाबाट बन्ने सीबीडी र सीबीडीबाट बन्ने औषधिले क्यान्सर, एड्सजस्ता प्राण घातक रोग निको पार्न सक्ने भन्दै गाँजाको औषधीय गुणलाई व्यवस्थित गर्न आग्रह गर्नुभयो । उहाँले गाँजाको औषधीय गुणलाई वैधानिकता गर्न सरकारसँग माग राख्नुभएको थियो । 

गाँजालाई वैधानिकता दिनुपर्ने माग उठिरहेका बेला यसको औषधीय गुण प्रयोग गर्न र गाँजा उत्पादन गरेर विदेश निर्यात गर्न उहाँले माग गर्नुभयो । 
 

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  १ : २८ बजे