आज वर्षाको सम्भावना

कृषकलाई मल उपलब्ध गराउन सभामुखको सरकारलाई ‘रुलिङ’

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले कृषकलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उहाँले खेतीको समयमा मल उपलब्ध नभएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो ।

कृषकलाई यथाशीघ्र मल उपलब्ध हुने गरी व्यवस्थापन गर्न सम्बन्धित मन्त्री तथा सरकारलाई उहाँको ‘रुलिङ’ थियो । भन्नुभयो, ‘माननीय सदस्यहरू, खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा माननीय सदस्यहरूले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ । यथाशीघ्र कृषकहरूलाई मल उपलब्ध हुन सक्ने गरी व्यवस्थापन गर्न/गराउन म सम्बन्धित मन्त्री एवं नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।’

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  १२ : २७ बजे