सवारी साधन दुर्घटनामा दुईको मृत्यु

मकवानपुर ।  मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ मा शनिबार राति ग्यास बुलेट र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ५५ वर्र्षीय ईश्वर तामाङ्ग र २६ वर्र्षीया अमिना तामाङ्ग (बाबु छोरी) रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्र्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाराबाट हेटौँडातर्फ आउँदै गरेको भारतीय एनएल ०१ एल २९७१ नम्वरको ग्यास बुलेटले विपरीत दिशाबाट जाँदै गरेको ना ६१ प ४५९७ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरी नै सख्त  घाइते भएका र  उपचारको क्रममा हेटौँडा अस्पतलामा दुबैको मृत्यु भएको हो ।
 

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ११ : ५२ बजे