डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

दोस्रो हारसँगै नेपालको एएफसी कपमा छनोट हुने सम्भावना सकियो

काठमाडौँ । लगातार दोस्रो हारसँगै एएफसी एसियन कप २०२३ मा छनोट हुने नेपालको सम्भावना सकिएको छ । 

शनिवार राति कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा नेपाल कुवेतसँग ४–१ अन्तरले पराजित भएको हो ।

यसअघि नेपाल पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको थियो । यस खेलसँगै नेपाल समूह ए मा दुई खेलबाट विना कुनै अङ्क पुछारमा छ ।  

कुवेतको पहिलो जितमा युसेफ अलसुलिमानले दुई  तथा फाहद अलरेसिदी र मोबारक अल्फानिनीले एक÷एक गोल गरे ।

नेपालका दर्शन गुरुङले सान्त्वना गोल गरे । हालसम्मको आठ भेटमा दर्शन कुवेतविरुद्ध गोल गर्ने दोस्रो खेलाडी भने । ४० वर्ष अघि एसियन गेम्समा नेपालका वाइवी घलेले कुवेतविरुद्ध गोल गरेका थिए । 

खेलको २८औँ मिनेटमा फाहदले हेड मार्फत गोल गर्दै कुवेतलाई अग्रता दिलाए । ४८औँ मिनेटमा युसेफ दोस्रो गोल गरे ।  खेलको ७० औँ मिनेटमा युसेफले व्यक्तिगत दोस्रो गोल गरे भने ७३औँ मिनेटमा अल्फानिनीले टोलीको अग्रता ४–० को बनाए । खेलको इन्जुरी समयमा दर्शनले बक्स भित्रबाट गोल सान्त्वना गोल गरे । 

यस हारसँगै नेपालले २ खेलबाट कुनै अङ्क जोड्न सकेको छैन । पहिलो जित निकालेको कुवेतको २ खेलबाट तीन अङ्क रहेको छ । नेपालले अन्तिम खेलमा इन्डोनेसियासँग ३१ जेठमा खेल्नेछ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ७ : ५४ बजे