हेटौँडामा ग्यास बुलेटको ठक्करबाट दुई जनाको मृत्यु

मकवानपुर । हेटौँडामा ग्यास बुलेटको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । 

पूर्व–पश्चिम राजमार्ग अन्तरगत हेटौँडा उपमहानगरपालिका–९, स्थित पशुपतिनगरमा शनिवार साँझ भारतीय नम्बर प्लेटको ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा हेटौँडा–९ बस्ने ५५ वर्षीय ईश्वर तामाङ र उहाँकी छोरी अमिना तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको एनएल ०१ एल २९७१ नम्बरको भारतीय नम्बर प्लेटको ग्यास बुलेटले हेटौँडा बजारबाट पशुपतिनगरतर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । 

बुलेटको ठक्करबाट दुवै जनाको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ७ : ४० बजे