यस्तो छ आजको मौसम ? 

काठमाडौँ । पूर्वी क्षेत्रमा केन्द्रित मनसुनी वर्षा अन्य क्षेत्रमा पनि विस्तार हुन थालेको छ ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ र मधेस प्रदेशका धेरै क्षेत्रमा वर्षाको आङ्कलन छ । 

त्यस्तै, बागमती, गण्डकी र कर्णालीका केही स्थान तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १, मधेस, बागमती, गण्डकी प्रदेश र कर्णालीका केही स्थान तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति  प्रदेश १ र मधेसका धेरै स्थानमा वर्षा हुनेछ भने बागमती, गण्डकी र कर्णाली लगायत अन्य प्रदेशका पहाडी भूभागमा पनि वर्षा हुन सक्नेछ ।  योबीचमा प्रदेश १, मधेस र बागमतीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

सोमबार  प्रदेश १ र बागमतीका केही स्थान तथा मधेस, गण्डकीमा वर्षाको सम्भावना छ ।  लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ ।

राति प्रदेश १ र मधेसका स्थान, बागमती, गण्डकी र कर्णालीका लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको आङ्कलन गरिएको छ ।  बागमतीका एक वा दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ ।  

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ७ : १७ बजे