काठमाडौं – ककनीबाट दिनभरि हाइटेन्सन लाइनमा चढेका प्रेम बिक (माइला) लाई नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार गरेको छ ।
शनिबार बिहान १० बजेदेखि बिजुलीको तारमा चढेर हिँडिरहेका बिकलाई साँझ ७ बजेपछि नेपाली सेनाको टोलीले सकुसल उद्धार गरेर जमिनमा उतारेको स्थानीय जयबहादुर तामाङले बताउनु भयो ।
तामाङमा अनुसार हेलिकोप्टरमा गएका तीनजना सैनिकले उनलाई फकाएर तारबाट निकालेर हेलिकोप्टरमा चढाएका थिए ।
प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार ९ : २० बजे
प्रतिक्रिया