पहिरोका कारण अवरुद्ध नारायणगढ – मुग्लिन सडक खुल्यो

मुग्लिन । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ –मुग्लिन सडक खण्ड पुनः सञ्चालन भएको छ । 

गए राति ९ः५ बजे चितवनको इच्छाकामना–६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुई तर्फी अवरुद्ध बनेको  थियो । 

पहिरो हटाएर राति १ः३० बजेबाटै सडक पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो । 

 

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ७ : १७ बजे