आज वर्षाको सम्भावना

एमालेसँग एक्लै लड्ने हैसियत कसैसँग छैन : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै कसैले प्रतिस्पर्धा गर्न नसक्ने बताउँनुभएको छ । उहाँले कांग्रेस–माओवादीसहित पाँच दलको गठबन्धन एमालेको घुँडासम्म मात्रै भएको बताउनुभयो  ।  

शुक्रबार नेकपा एमाले मोरङले विराटनगरमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले एक्लै चुनाव लड्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धनको उचाइ एमालेको घुँडासम्म मात्रै हो, बराबरीको सपना नदेखे हुन्छु ।,’ उहाले थप्नुभयो, ‘एमाले एक्लै चुनावमा जाँदा पनि सानदार जित हासिल गरेको छ । एमालेले कसैको जुठो खाँदैन।’

अध्यक्ष ओलीले स्थानीय तह चुनावको मत परिणामले एमालेसँग असाधारण शक्ति रहेको प्रष्ट पारेको बताउनुभयो । उहाँले एमालेसँग जुध्ने सामथ्र्य कुनै पार्टीमा नरहेको बताउनुभयो । उहाँले अन्यदलहरु गठबन्धन नहुँदा धूलोपीठो हुने भएकाले अहिले नै गठबन्धन नटुट्ने देखिएको बताउनुभयो । ‘गठबन्धन टुटाउन बल गर्नु परो भनेर हल्ला चले पनि एक्लै चुनावमा जाँदा धूलोपीठो हुने डरले उनीहरु गठबन्धन टुटाउन चाहँदैनन् ।’, ओलीले भन्नुभयो ।
 

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ५ : २३ बजे