आज वर्षाको सम्भावना

मुल्यबृद्धी बिरुद्ध नेकपा (बहुमत)ले गर्यो सङ्घर्षको घोषणा  (विज्ञप्तिसहित)

 काठमाडौँ । देउवा सरकारले  निरन्तररुपमा पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेसँगै  नेकपा (बहुमत) ले  साताव्यापी सङ्घर्ष घोषणा गरेको छ । 
नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रमका घोषणा गर्नुभएको हो । 

जसअनुसार जेठ २७ गते सरकारलाई ज्ञापनपत्र बुझाउने, २९ गते देशैभरिका आयल निगम कार्यालयहरूमा धर्ना दिने, ३० गते काठमाडौँमा प्रधानमन्त्री निवास बालुवाटार र सबै प्रदेशका मुख्यमन्त्री कार्यालयमा धर्ना दिने, ३१ गते सिंहदरबार र पालिका कार्यालयहरूमा धर्ना दिने, असार १ गते देशव्यापी मशाल जुलुस निकाल्ने र २ गते १० देखि ११ बजेसम्म देशव्यापी चक्काजाम गर्ने कार्यक्रम छ ।

 

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ४ : ५१ बजे