आज वर्षाको सम्भावना

जिल्ला समन्वय समिति कपिलवस्तुको प्रमुखमा एमालेका बाबुराम आचार्य निर्वाचित 

कपिलवस्तु । जिल्ला समन्वय समिति कपिलवस्तुको प्रमुखमा एमालेका बाबुराम आचार्य निर्वाचित हुनुभएको छ । उहाँले गोलाप्रथाबाट  कांग्रेसका ज्ञानबहादुर कार्कीलाई पराजित गर्नुभएको हो । 

आज भएको मतदानमा दुवै पक्षको बराबर अर्थात १०–१० मत आएपछि गोलाप्रथाबाट नेतृत्व चयन गरिएको हो। उपप्रमुखमा भने लोकतान्त्रिक समाजवादी पार्टीका रमेश कुर्मी विजयी हुनुभएको छ । 

जिसस कपिलवस्तुको चुनावमा एकातिर एमाले, लोसपा र राप्रपा तथा अर्को तर्फ कांग्रेस माओवादी र जसपा गठबन्धन भएर चुनाव लडेका थिए। 

जिसस प्रमुखसँगै ७ सदस्यको मत बराबर आएपछि गोलाप्रथा गरिएको थियो। 

जसअनुसार कांग्रेससहितको गठबन्धनका कांग्रेसकी सुनिता चमार र मनोहर धुनिया, माओवादी केन्द्रका राजेन्द्र प्रसाद कुर्मी र जसपाका रामु अहिर र सन्ध्या पौडेल सदस्यमा निर्वचित हुनुभयो भने  एमालेकी सकुन्तला भन्डारी र सुमित्रा दमै निर्वाचित हुनुभयो । 

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ३ : ५९ बजे