दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

७४ वर्षीय ठूलोबुबाबाट २१ वर्षीया भतिजी बलात्कृत 

बर्दिया – बर्दियाको मधुवन नगरपालिकामा २१ वर्षीया महिला बलात्कृत भएकी छन् । 

उनलाई बलात्कार तथा हाडनाता करणी गरेको अभियोगमा मधुवन नगरपालिका बस्ने उनकै ७४ वर्षीय ठूलोबुबालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

ठूलोबुबाले ती महिलालाई स्थानीय खेतबारीमा बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । 

पीडितलाई माईती नेपाल गुलरीया बर्दियाको संरक्षणमा राख्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ३ : १३ बजे