आफूमाथि आक्रमण गर्नेलाई कारबाही  गर्न सांसद चन्दा चौधरीको माग 

काठमाडौं ।  सांसद चन्दा चौधरीले स्थानीय चुनावका बेला आफूमाथि भएको आक्रमण गर्नेमाथि कारवाहीको प्रक्रियाका बारेमा सरकारसँग जानकारी माग गर्नुभएको छ । 

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै सांसद चौधरीले आफ्नै घरमा गठबन्धनका कार्यकर्ताले आफ्नो हत्या प्रयास गरेको र ८० वर्षीया आमामाथि दुर्व्यवहार गरेको भन्दै आक्रमण गर्नेमाथिको कारवाहीको प्रक्रियाका बारेमा गृहमन्त्रीसँग जानकारी माग गर्नुभएको हो ।  

उहाँले आफूमाथि गठबन्धनका कार्यत्रकर्ताले  आक्रमण गरेको ४० मिनेटपछि मात्र उद्दार गरिएको समेत बताउनुभयो ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  २ : ३९ बजे