आज वर्षाको सम्भावना

मन्त्री झाँक्रीले बञ्चरेडाँडा र सिसडोलबासीसँग माफी माग्नु भयो

काठमाडौं – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले धादिङको बञ्चरेडाँडा र नुवाकोटको सिसडोलवासीसँग माफी माग्नुभएको छ ।

सहरी विकास मन्त्रालयमा शुक्रबार आयोजित सर्वपक्षीय बैठकमा आफ्ना वचनले चोट पुगेको भए क्षमा गर्न उहाँले अनुरोध गनुभयो ।

‘हिजोका कुराहरूलाई माफीमिनाह पाऊँ, मेरो वचनले स्थानीय तहमा साथीहरूलाई असजिलो पर्यो’, उहाँले बैठकमा भन्नुभयो, ‘जनताको तहमा चोट पर्यो भने पनि माफी चाहन्छु ।’

शुक्रबारदेखि अघिका दिनमा सिसडोल र बञ्चरेडाँडाका समस्यालाई उठाएर अघि बढ्ने उहाँले प्रतिवद्धता पनि जनाउनुभयो ।

‘मैले केही कथाका कारणले आएका रियाक्टमा पनि क्षमाप्राथी छु । हाम्रो स्टेरिङ कमिटी बनेर कार्ययोजना बनाएर कार्यान्वयन गर्छौं,’ उहाँले भन्नुभयो, ‘मन्त्री र सचिवहरू आउने कुरा भइरहन्छन् । जनप्रतिनिधिले कसरी कुन तहको मेकानिजम बनाउने भन्ने कुरा पनि आयो। हामी मिलेर अघि बढ्नुपर्छ ।’

सिसडोल र बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले अहिले फोहोरको समस्या मन्त्री झाँक्रीकै कारण आएको बताएका थिए । झाँक्रीले सहमतिको वातावरण बनाउन नसक्दा समस्या बढेको आरोप स्थानीयले लगाइरहँदा उहाँले माफी माग्नुपरेको हो ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  २ : १२ बजे