अत्यावश्यक २५ वटा सेवामा हड्ताल गर्न निषेध 

काठमाडौं । सरकारले अत्यावश्यक २५ वटा सेवामा हड्ताल गर्न निषेध गरेको छ । 
गृहमन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै  २५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गरेको हो ।
आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दै सरकारले  डाँक, तार वा टेलिफोन सेवा, प्रिन्ट वा सरकारी छापाखाना सम्बन्धी सेवा, सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा, खानेपानीको सञ्चालन तथा वितरण सेवा, बैंकिङ सेवा, बिमा सेवा, विद्युत सेवालगायतका क्षेत्रमा हड्ताल गर्न निषेध गरेको हो । 
सरकारले  मास्कसम्बन्धी सेवा, ह्याण्ड सेनिटाइजरसम्बन्धी सेवा, भेटेनरी सेवा, कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा, राहदानी विभागबाट प्रदान हुने सेवा, इन्टरनेट सेवा पनि हड्ताल निषेध गरेको छ ।

यी हुन् सरकारले हड्ताल गर्न निषेध गरेका २५ सेवाहरु :

​​​​​​​​​​​​​​

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  १ : ५६ बजे