आज वर्षाको सम्भावना

प्रेम सुवालको प्रश्न : ३८ मा किनेर  १९ रुपैयाँमा बिजुली बेच्दा कति कमिसन आयो ?

काठमाडौं । नेपाल मजदुर किसान पार्टी नेता एवं सांसद प्रेम सुवालले सरकारलाई भारतलाई बिजुली बेच्दा कति कमिशन आयो ? भनी सोध्नुभएको छ ।  

शुक्रबार संसद बैठकमा बोल्दै उहाँले भारतलाई बिजुली बेच्नुभन्दा नेपालीलाई खान पकाउन सस्तोमा दिन आग्रह गर्र्नुभयो । इन्धनको मूल्य वृद्धि भइरहेको बेलामा भारतलाई बिजुली बेच्नुभन्दा नेपालीहरुलाई नै सस्तामो बिजुली बेच्नु पर्ने उहाँको भनाई थियो ।  ‘भारतलाई १९ रुपैयामा बिजुली बेचेको छ तर भारतबाट ३८ रुपैयाँमा बिजुली किनेको भन्ने कुरा आयो । महंगोमा किन्ने र सस्तामो बेच्दा मोटै कमिसन लिनु भएको हो ? यसबारे पनि सरकारले बोल्नु आवश्यक छ।’

सुवालले परराष्ट्र मन्त्रालयको कार्यसूचीमा नभएपनि अमेरिकी उपमन्त्री एवं तिब्बती मामिला संयोजक उज्रा जियाले जाउलाखेल स्थित तिब्बती शरणार्थी शिविरमा कसरी पुगिन् भनी आपत्ती जनाउनुभयो । उहाँले उक्त घटनाले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप भउको बताउनुहुँदै सरकारले पिलर उठाउन समेत बजेछ नछुटाएको बताउनुभयो । उहाँले भन्नुभयो ‘सीमामा पिल्लर डलेका छन् उठाउने बजेट छैन।’
उहाँले पाँच दलीय गठबन्धनको सरकारले अरुण–४, सेती नदी – ६ र पश्चिम सेती जलविद्युत पनि भारतलाई दिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सोझै देशघाती काम गरेको बताउनुभयो । 
 

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  १ : ४१ बजे