मन्थली विमानस्थलमा पानी पस्यो

सुनको मूल्य ३०० रुपैयाँले घट्यो

काठमाडौं –  सुनको मूल्यमा शुक्रबार ३०० रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ९८ हजार रहेको सुनको मूल्य शुक्रबार घटेर प्रतितोला ९७ हजार ७०० रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार २०० रुपैयाँ कायम गरिएको छ । तेजाबी सुनको मूल्य पनि ३०० रुपैयाँले घटेको छ ।  

त्यस्तै चाँदीको मूल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ११ : ३४ बजे