महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ कारेभोगटे पुलमा बिहीबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । 

ना ५४ प ८९५४ नम्बरको मोटरसाइकल हिजो साँझ पौने ७ बजे अनियन्त्रित भई पल्टिएको थियो । 

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडि सवार सर्लाहीको ईश्वरपुर नगरपालिका–३ का २६ वर्षीय सूर्य कुमार मिस्त्रीको उपचारका क्रममा बर्दिबास स्थित जनसेवा अस्पतालमा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकल चालक २५ वर्षीय निरज मिस्त्रीको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीले जनाएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  १० : ४५ बजे