‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँको फोहोर आजबाट उठ्ने, मध्य राति जुट्यो १८ बुँदे सहमति

​​​​​​​काठमाडौँ । दुई सातादेखि थुप्रिएको काठमाडौँको फोहोर उठ्ने भएको छ ।

काठमाडौँ महानगरपालिका  र सिसडोल-बन्चरेडाँडाका प्रतिनिधिबीच शुक्रवार बिहान १:०० बजे सकिएको वार्तामा उपत्यकाको फोहर व्यवस्थापनमा सहमति जुटेको हो । 

ल्यान्डफिल साइट प्रभावित क्षेत्रका जनप्रतिनिधि, स्थानीय र काठमाडौँ महानगरपालिकाबीच भएको १८ बुँदे सहमतिअनुसार अब फोहोर ढुवानी रातिको समयमा मात्र हुनेछ । 

यसअघि पनि आन्दोलनरत क्षेत्रका जनप्रतिनिधि र महानगरसँगै सहरी विकास मन्त्रालयबीच सहमति जुटेको थियो । तर, स्थानीयले आन्दोलन जारी नै राखेका थिए ।

 

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ७ : ११ बजे