आज वर्षाको सम्भावना

प्रदेश नं १ को नाम जुराउन एमालेको अग्रसरता, कार्कीको संयोजकत्वमा समिती गठन

विराटनगर – पटक पटक प्रयास भए पनि नाममा सहमती नजुटेको एक नंम्बर प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमलेले आफ्नो पार्टी भित्र नाममा सहमती कायम गरेर अरु पार्टीलाई सहमति गराउने प्रयास थालेको छ ।

आज बसेको प्रदेश संसदीय दलको बैठकले पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री हिक्मत कार्कीको संयोजकत्वमा पाँच सदस्यीय समिती बनाएर नाममा सहमती जुटाउने प्रयास थालेको हो ।

दलका नेता भीम आचार्यले कार्की संयोजक रहेको पाँच सदस्यीय समितीको प्रस्ताव गर्नुभएको हो । समितीका अरु सदस्यमा केन्द्रीय सदस्य एवं प्रदेशसभासद्धहरु जीवन घिमिरे,उषाकला राई,जगदिश प्रसाद कुसियत र अनुशासन आयोग अर्जुन राई हुनुहुन्छ ।

समितीका सदस्य जीवन घिमिरेका अनुसार चालु संसदको अधिवेशनबाटै नामको टुंगो लाउने गरी समितीले काम गर्नेछ । जसका लागि भोली विहानबाटै काम थाल्ने घिमिरेले बताउनुभयो । ‘भोली विहान हामी एमालेको बैठक बस्छौं । त्यहाँ एउटा धारणा बनाउछौं । भोली नै अपरान्ह सर्वदलीय बैठक बोलाउछौं’ घिमिरेले भन्नुभयो ‘सबैबाट साझा प्रस्ताव आए सहमति भइहाल्यो नभए आएका प्रस्तावलाई टेवल गरेर मतदानको माध्यमबाट यसै अधिवेशनमा नामको टुंगो लगाउछौं । त्यो कामको नेतृत्व एमालेले गर्छ ।’

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ५ : ५३ बजे