काठमाडौं । प्रहरीको नियन्त्रणमा रहेका बञ्चरेडाँडाका स्थानीय रिहा भएका छन् ।
बुधबारदेखि प्रहरीको नियन्त्रणमा रहेको बञ्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, तपन उप्रेती र कृष्ण बजगाईंलाई प्रहरीले छाडेको हो ।
फोहोर फाल्ने गाडीमाथि अवरोध गरी प्रहरी माथि हातपात र फोहोर बोकेका सवारी साधन तोडफोड गरेपछि उनीहरुलाई प्रहरीलेबुधबार पक्राउ गरी नुवाकोटको इलाका प्रहरी कार्यालय ककनीमा राखिएको थियो ।
प्रहरी नियन्त्रणमा रहेका तीनै जनालाई बिहीबार बिहान १० बजे छाडिएको हो ।
यता बञ्चरेडाँडाका स्थानीयहरुले अब प्रधानमन्त्रीसँग नै वार्ता गर्ने तयारी बताएका छन् ।
प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार ३ : ३१ बजे
प्रतिक्रिया