काठमाडौँ आइपुगे अमेरिकी प्यासिफिक कमाण्डका जर्नेल

काठमाडौँ । अमेरिकी सेनाका प्यासिफिक कमाण्ड कमान्डिङ वरिष्ठ जर्नेल चार्ल्स ए फ्लाएन काठमाडौँ आइपुग्नु भएको छ ।

उहाँ चार दिने नेपाल भ्रमणका लागि बिहीबार अमेरिकी सेनाको विशेष विमानबाट दिल्ली हुँदै दिउँसो साढे १२ बजे काठमाडौं आइपुगुनु भएको हो  ।

नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको तयारी चलिरहेको र प्रधान सेनापतिको भ्रमण तय भइसकेको अवस्थामा उहाँ नेपाल भ्रमणमा आउनु भएको हो ।

उहाँको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ३ : १९ बजे