हनुमान ढोकाको दसैँघरमा फूलपाती

चितवनको राप्तीमा बस दुर्घटना : १० जना घाईते 

चितवन । पूर्वी चितवनको राप्तीमा बस दुर्घटना हुंँदा १० जना यात्रु घाईते भएका छन । घाईते हुनेहरुमा मकवानपुर उपमहानगरपालिकाका मञ्जु सिलवाल,बारा कलैयाका मनोज गिरी,सोही ठाउंँका निरञ्जन पासवान, भारत रक्सौलका भोलन गिरी, सोही ठाउंँका उगम पटेल,रौतहत कडरियाका सुरेश दास र सोही ठाउंँका आश कुमार यादव रहेका छन । उनीहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।  

यस्तै मध्यम घाईते हुनेहरुमा  भरतपुर महानगरपालिका वडा नम्बर १७ का भरत ढकाल, वडा नम्बर २६ का दिल बहादुर बिक र सोही ठाउंँका रेवारे बिक रहेका छन । उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ । उनीहरुको अवस्था मध्यम रहेको छ । 
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ८ बजेर ३५ मिनेटमा राप्ती नगरपालिका वडा नम्बर ६ हर्दी स्थित पुर्ब पश्चिम राजमार्गमा नारायणघाटबाट बिरगंज तर्फ आउदै गरेको ना ७ ख ६०७६ नम्बरको बस सडकमा दुर्घटना भएको हो । बसका चालक फरार भएको र उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।   बाटो अबरोध नभएको, उक्त स्थानमा ईप्रका भण्डाराबाट प्रनि।को टोलि खटि गएको ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  २ : ०३ बजे