‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौं–मुग्लिन सडक खुल्यो 

काठमाडौँ । पहिरोका कारण अवरुद्ध भएको काठमाडौं–मुग्लिन सडक खुलेको छ । पृथ्वी राजमार्गको मुग्लिन नजिकै इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा गएको पहिरो सफा गरेसँगै सडक खुलेको हो । बुधबार राति गएको पहिरोका कारण राजमार्ग दुईतर्फी रूपमा नै अवरूद्ध थियो । 

बिहीबार बिहानबाट पहिरो हटाउन सुरु गरिएको पहिरो मध्याह्न १२ बजे हटाइसकिएकाले सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

पहिरो सफा भए पनि रातिदेखि नै बाटोमा सयौं गाडी रोकिएकाले यातायात सहज रूपमा चल्न भने केही समय लाग्ने देखिएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  १ : ५६ बजे