मन्थली विमानस्थलमा पानी पस्यो

रु ५०० ले बढ्यो सुनको मूल्य

काठमाडौँ। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले बढेर रु ९८ हजार पुगेको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ५०० छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु ९७ हजार थियो ।     त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २८० कायम रहेको महासङ्घले जनाएको छ । 

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  १२ : ५४ बजे