बर्खायाम सुरु भएसँगै बाढी पहिरोको जोखिम बढ्यो, आज यी क्षेत्रका खोला/नदीमा आउन सक्छ बाढी

काठमाडौँ । नेपालमा मनसुनी याम सुरु भएसँगै बाढी पहिरोको जोखिम बढेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलढुङ्गा, काभ्रे, तनहुँ र स्याङ्जा क्षेत्रका केही स–साना खोला नदीमा अचानक बाढी आउन सक्छ । तर, मुलुकका प्रमुख नदीमा बहाव सतर्कता तहभन्दा तलै रहने आङ्कलन गरिएको छ । 

बर्खायाम सुरु भएसँगै महाशाखाले बाढी बुलेटिन जारी गर्न थालेको हो ।

काठमाडौँ उपत्यकामा बिहानैदेखि बदली छ । पछिल्लो २४ घण्टामा प्रदेश १, मधेस, बागमती र गण्डकीका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

 

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ९ : १६ बजे