‘नेशनल डे कन्सर्ट’ सम्पन्न

पेट माझामाझ गरौँ

 

                                                                                    – पूर्णचन्द्र भुसाल

आउनुस् मित्र संगै बसी मनको तुष पोखौं

आँखा-आँखा जुधाएर पेट माझामाझ गरौँ  

खुन्सिएर दाइ भाइ संग किन तर्तर गर्ने ?

फुर्किएर दुश्मन संग कति गाला जोड्ने ?

हुन्न मित्र मन शान्त रिसको भारी बोक्दा 

ओइघातामा घाउ लाग्छ एकापसमा टोक्दा  

कसको दाल गल्छ कहाँ फोस्रो ध्वाँस लाउँदा ?

कसको म्याँख मर्छ यहाँ भोकै प्यासै हिंड्दा ?

गुम्स्याएर मनमा राग कसको भलाइ हुन्छ ?

 उल्किएर घरगोठ पोले आफ्नै बरबाद हुन्छ

ठण्डा बनाऔं तातो रिस आवेग बसमा पारौं

 घरझगडा घरमै मिलाऔं मुखमा बुझो हालौं  

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ९ : २० बजे