‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सुन्दरीजलबाट गोकर्णसम्मको वाग्मती किनारमा सफाइ

काठमाडौँ । विश्वव्यापी सफाइ अभियानअन्तर्गत काठमाडौँको सुन्दरीजलदेखि गोकर्णसम्मको वाग्मती नदी किनारको दायाँबायाँ सफाइ गरिएको छ । 

विलभयु फाउन्डेसनले आयोजनामा भएको सफाइ अभियानमा वाग्मती प्रदेशसभा सदस्य एवं प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले जनप्रतिनिधिले शासक नभई सेवक हौँ भन्ने भावनाका साथ काम गर्नुपर्ने बताउनुभयो ।

  वातावरण संरक्षणका लागि हरित अभियान सञ्चालन गर्न, सफाइ अभियानलाई निरन्तरता दिन र प्रत्येक व्यक्तिले वर्षको कम्तीमा दुई वटा रुख रोप्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले घरबाट निस्कने फोहरको व्यवस्थापनका लागि यसै आर्थिक वर्षमा नगरपालिकाले प्रत्येक परिवारलाई कुहिने र नकुहिने फोहर सङ्कलनका लागि भाँडा उपलब्ध गराउने तयारी गरिएको जानकारी दिनुभयो ।

  बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले स्थानीय तहको फोहर स्थानीय सरकारले नै व्यवस्थापन गर्नुपर्ने भन्दै फोहरलाई मोहोर बनाउने अभियानमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । 

फाउन्डेसनका अध्यक्ष शोभाकर घिमिरेले वातावरण संरक्षणका लागि सरसफाइ र वृक्षारोपणका साथै मानवीय र विपद् व्यवस्थापनमा संस्थाले सहयोग गर्दै आएको बताउनुभयो ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ७ : ३८ बजे