आज यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा मनसुनी वायु देशभर फैलन थालेको छ । जसकारण वर्षा पनि भइरहेको छ । बिहान प्रदेश १ र मधेसका थोरै स्थान तथा वाग्मती र गण्डकीका एक/दुई स्थानमा वर्षा भइरहेको छ ।

दिउँसो प्रदेश १, मधेस, बागमती, गण्डकीका केही तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १, मधेस, बागमती र गण्डकीका केही स्थानमा वर्षाको सम्भावना छ ।

शुक्रवार प्रदेश १ , बागमती र गण्डकीका केही स्थान तथा मधेस प्रदेशसहित अन्य प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको आङ्कलन गरिएको छ ।

हाल नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव छ भने मध्य तथा पश्चिमी भू-भागमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 
​​​​​​​२०७९ जेठ २६ गते (बिहीबार)
दिउँसो:
प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागमा सामान्य बदली र बाँकी भू–भागहरूमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ। प्रदेश १ , मधेस प्रदेश,  बागमती प्रदेश, गण्डकी प्रदेशका केही  स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७९ जेठ २७ गते (शुक्रवार)
दिउँसो: 
प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा  सामान्यदेखि पूर्ण बदली  रही गण्डकी तथा अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ। 

प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा मधेस प्रदेशसहित अन्य प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: प्रदेश १ लगायत  बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका पहाडी भू-भागहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७९ जेठ २८ गते (शनिवार)
दिउँसो:
प्रदेश १ लगायत बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली  रही अन्य प्रदेशमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ। 

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा मधेस प्रदेशसहित अन्य प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: प्रदेश १ लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

प्रदेश १ का केही स्थानहरू र अन्य प्रदेशका पहाडी भू-भागहरूका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ७ : २९ बजे