आज वर्षाको सम्भावना

संसदमा योगेशको प्रश्न : मल खोज्‍न भारत गएका कृषिमन्त्री कहाँ पुग्‍नुभयो, कतै निर्वासीत त हुनुभएन ?

काठमाडौं । नेकपा एामलेका सांसद योगेश भट्टराइले किसानको समस्या सम्बोधन गर्न सरकार गम्भीर नभएको बताउनुभएको छ ।  

प्रतिनिधि सभामा बोल्नुहँदै सांसद भट्टराईले वर्तमान सरकारले कृषि मलमा अनियमितता गर्न खोजिरहेको बताउनुभयो ।  किसानले समयमा मल नपाउनुको कारण सरकारमा रहेका व्यकतिहरूले नै मल आयातमा अनियमितता गर्न खोजेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो,‘ सरकारले मल ल्याउन खोजेको छैन । माल ल्याउन खोजिरहेको छ । जबसम्म मलमा माल आउँदैन तबसम्म मल आउनेवाला छैन ।’

उहाँले बालीनाली लगाउने बेला भइसकेको भन्दै मलको हाहाकार भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘मल खोज्न कृषी मन्त्री भारततिर जानुभएको छ । कहाँ पुग्नुभयो ? उहाँको हालखबर के छ ? मल आउँछ की आउँदैन ? मल लिएर आउनुहुन्छ की नलिएर आउनुहुन्छ ? मल नपाएर थकित भएर कृषि मन्त्री उतै थकित र निर्वासीत हुनुभयो की । ’

 

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  २ : ५८ बजे