‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

निर्धारित समयभित्रै कर नबुझाए सेवा रोक्का हुने

कञ्चनपुर । बेलौरी नगरपालिकामा तोकिएको समयावधिभित्र कर नबुझाउने करदाताको सेवा रोक्का गरिने भएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५८ र आर्थिक ऐन, २०७६ को नियम ७ ले दिएको अधिकारअनुसार नगर क्षेत्रभित्र सञ्चालनमा रहेका व्यवसायी, उद्योग, वित्तिय सङ्घसंस्था, कृषि तथा अन्य सहकारी संस्था, लघुवित्त वित्तिय संस्था, बीमा कम्पनी र अन्य व्यवसायीलाई वार्षिकरुपमा बुझाउनु पर्ने कर बुझाउन नगरपालिकाले आह्वान गरेको छ । 

कर बुझाउनका लागि नगरपालिकाले आगामी असारको २० गतेसम्म समय सीमा तोकेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशिला लेखकका अनुसार निर्धारित समयावधिमा कर नबुझाउने करदाताको सेवा सुविधा रोक्का गरिने छ । 

कोभिड–१९ महामारी र त्यसपछिको आर्थिक मन्दीले व्यापार व्यवसाय धराशायी भएका बेला स्थानीय सरकारले जारी गरेको सूचना प्रति स्थानीय करदाताले असन्तुष्टि पोख्नुभएको छ ।

“कोभिडका कारण धरायसी भएको व्यापार व्यवसाय भर्खरै जुर्मुराउन थालेको छ” स्थानीय करदाताले भन्नुभयो, “कर नतिर्ने होइन, कर तिर्नुपर्छ तर कर तिर्ने समय अवधि लम्बाइनुपर्छ ।” 
 

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  १ : १९ बजे